प्रादेशिक समाचार
वाग्मती प्रदेशकाे त्रिशूली नदी किनारका जनसमुदाय लाई सुरक्षित रहन अपिल •
लेख / आलेख
भगवान पनि भैसकेका हुन घायल-- •
खेलकुद समाचार
युमन्स ग्रिन रनले महिला जागरणलाइ टेवा दिन्छ- मिना खरेल •
राजनीतिक समाचार
कांग्रेस घरझगडा मै व्यस्त भैरदा नेपालीकाे जनजिवन अस्तव्यस्त जिम्मेवार काे ? •
प्रादेशिक समाचार
मुसहर दलित विद्यार्थीहरु कपिकलम वितरण-- उपमेयर सुनिता सिंह •
राजनीतिक समाचार
नेपाली कांग्रेस १५ औँ महाधिवेशनको कार्यतालिका •
सामान्य समाचार
शब्द जाल बन्द गर •
राजनीतिक समाचार
नेपाली कांग्रेसका पुर्व र वर्तमान सभापति भेटले नयाँ दिशा लिने •
राजनीतिक समाचार
नेपाली कांग्रेसकाे १५ अैा महाधिवेशनमा अबकाे दशक,देश र कांग्रेस भन्ने दस्तावेज ल्याउने •
राजनीतिक समाचार
नेपाली कांग्रेस कार्यसमितिकाे बैठक सभापतिकाे सम्बाेधन लगत्तै सकिने •
प्रादेशिक समाचार
वाग्मती प्रदेशकाे त्रिशूली नदी किनारका जनसमुदाय लाई सुरक्षित रहन अपिल •
लेख / आलेख
भगवान पनि भैसकेका हुन घायल-- •
खेलकुद समाचार
युमन्स ग्रिन रनले महिला जागरणलाइ टेवा दिन्छ- मिना खरेल •
राजनीतिक समाचार
कांग्रेस घरझगडा मै व्यस्त भैरदा नेपालीकाे जनजिवन अस्तव्यस्त जिम्मेवार काे ? •
प्रादेशिक समाचार
मुसहर दलित विद्यार्थीहरु कपिकलम वितरण-- उपमेयर सुनिता सिंह •
राजनीतिक समाचार
नेपाली कांग्रेस १५ औँ महाधिवेशनको कार्यतालिका •
सामान्य समाचार
शब्द जाल बन्द गर •
राजनीतिक समाचार
नेपाली कांग्रेसका पुर्व र वर्तमान सभापति भेटले नयाँ दिशा लिने •
राजनीतिक समाचार
नेपाली कांग्रेसकाे १५ अैा महाधिवेशनमा अबकाे दशक,देश र कांग्रेस भन्ने दस्तावेज ल्याउने •
राजनीतिक समाचार
नेपाली कांग्रेस कार्यसमितिकाे बैठक सभापतिकाे सम्बाेधन लगत्तै सकिने •
ताजा समाचार
५७ पोस्ट
प्रादेशिक समाचार
वाग्मती प्रदेशकाे त्रिशूली नदी किनारका जनसमुदाय लाई सुरक्षित रहन अपिल
चिनकाे तिब्बतबाट अचानक रसुवा,नुवाकोट ,धादिङकाे त्रिशुली नदीमा आएकाे बाढिकाे क्षति प्रति दुख ब्यक्त गर्दै जनधनकाे क्षतिमा सहयाेग र उद्दारमा सहभागी हुन अपिल गर्नु हुदै, सरकार र विपद व्यवस्थापन समितिलाई सक्रिय भुमिका निभाउन र नेपाली कांग्रेस नेता शंकर तिवारीले सबै कार्यकर्ता साथिहरुलाइ पनि जिम्मेवारी पूरा गर्न अनुराेध गर्नु भयाे
Dd · २०२६/०८/२६, ०१:२१ AM
लेख / आलेख
भगवान पनि भैसकेका हुन घायल--
जहाँ छ लास त्यहि छ उदास,
एक छेउमा जात्रा, कुनामा विन्दास
मन्दिर मै चढाइ सकेर वली हेरेर बसेका छन राक्षस,
भगवान् पनि भै सकेका हुन बदनाम र घायल
किन गर्छाै नारी माथि अत्याचार,
नारी शब्द नै बनाएर बेकार
युमन्स ग्रिन रनले महिला जागरणलाइ टेवा दिन्छ- मिना खरेल
आज विहान ५:३० बजे ललितपुर पाटन दरबारबाट सुरु भएको युमन्स ग्रिन रनले वातावरणमा नागरिकबाट पर्दै गरेको असर त्यसबाट हिमाल देखि तराई सम्म परेको प्रभाव नेपालका सबै प्राणिमा परेको छ,त्यसबाट बचाउन हामी सबै नागरिकले वातावरण बचाउन र अझ विषेश गरि हिमाल बचाउनु पहिलो कर्तव्य हुनेछ भन्ने महिला संघकाे सभापति मिना खरेलले बताउनु भयाे। नेपालका सम्पूर्ण खाेला,वन, हिमाल, सहर गाउँ सबै ठाउँ प्राकृतिक रुपमा प्रबर्द्धन र संरक्षण गर्न सम्पूर्ण नेपाली र अझ बढी महिलाले महत्त्वपूर्ण भुमिका खेल्नु पर्छ भन्नू भयाे।नेपाली कांग्रेसले देश विकास र निकासकाे लागि सधैं सबै पक्ष सँग सहकार्य गर्दै अगि बढ्ने विस्वास दिलाउनु भयाे ।
नेपाली कांग्रेसकाे आधिकारिकता मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले कांग्रेस कै संस्थापनइतर समूहले पार्टीको १५औँ महाविधेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा पुर्याएको रिट शुक्रबार दर्ता भएको छैन ।आगामी असोजमा हुने १५औँ महाधिवेशन रोक्न माग गर्दै लगेको निवेदनमा सर्वोच्च अदालतले अध्ययन गरिरहेको प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । १५औँ महाधिवेशनको सबै प्रक्रिया तत्काल रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको तर्फबाट वारेस अनुमति लिएर नेता दीपक खड्का र अधिवक्ता श्रवण कुमार श्रेष्ठ सर्वोच्च पुगेका थिए ।
अर्कातिर गगन र विश्वले नेतृत्व गरिरहेकाे अबस्था नजरअन्दाज गरी अस्तुष्ट पक्षका संयाेजक डा शशांक काेइरालाले तथाकथित विशेष महाधिवेशन पक्षका यस्ता अवैधानिक र विभाजनकारी अधिवेशन र महाधिवेशन आयोजना नगर्न–नगराउन तथा यस्ता क्रियाकलापमा सहभागी नहुन पार्टीका सबै तहका समिति, पदाधिकारी र सदस्यहरू तथा क्रियाशील सदस्यहरूमा हार्दिक अपिल गर्दछौँ भनि विज्ञप्तिमा जारि गर्नु भएकाे छ, जसले नेपालि कांग्रेसलाइ १५ अैा महाधिवेसन गरी चुस्त दुरुस्त,सशसक्त कांग्रेस बनाउने काम भाँजाे हालि तमात नेपालि कांग्रेस प्रति आसा भराेसा राख्ने नागरिक तथा शुभचिन्तकलाइ निरासा पारेकाे जानकारहरु बताउनु हुन्छ।
Dd · २०२६/०८/२१, ०९:२२ AM
प्रादेशिक समाचार
मुसहर दलित विद्यार्थीहरु कपिकलम वितरण-- उपमेयर सुनिता सिंह
मधेस प्रदेश सहिद नगरपालिका काे वडा नं १,२,६ र ८ बडामा बसाेबास गर्दै आउनु भएका दलित समुदायका वालवालिकाहरु जाे ४ देखि ७ वर्ष उमेर समुहका विद्यार्थीहरु थिए उनिहरुलाई प्राेत्सान स्वरुप १ थान झाेला,डटपेन कपि,अैाजार बकस,पेन्सिल, कटर प्रति विद्यार्थी मुसहर,महरा,दास,पासवान,विपन वर्गका समुदायलाई प्रवर्द्धन गर्ने उदेश्यले उक्त नगरका उपमेयर सुनिता सिंहद्वारा वितरण गरियाे। उहाँ सुनिता ज्युले सम्पूर्ण नगर मा बसाेाबास गर्दै आउनु भएका दलित समुदाय र उनिहरुकाे परिवारलाई नगर पालिका तथा स्वयम व्यक्तिगत तर्फबाट पनि सहयोग गर्दै आउनु भएको छ ।
Dd · २०२६/०८/१९, ०१:४६ PM
राजनीतिक समाचार
नेपाली कांग्रेस १५ औँ महाधिवेशनको कार्यतालिका
नेपाली कांग्रेसले २२ दिनेमा सक्ने गरी १५ औँ महाधिवेशनको कार्यतालिका परिमार्जन गरेको छ। निर्वाचन समितिका संयोजक प्रेम खड्काले काठमाडौँ उपत्यका र बाहिर भदौ २ देखि १० सम्म निर्वाचन अधिकृतलाई अभिमुखीकरण तालिम दिने बताए। उनका अनुसार भदौ ११ मा निर्वाचन अधिकृतलाई जिल्ला खटाउने, भदौ १५ मा वडामा निर्वाचन प्रतिनिधि पठाउने र भदौ १६–२० सम्म वडामा अभिमुखीकरण तालिम दिइने छ। भदौ मसान्तभित्र विदेशस्थित जनसम्पर्क समितिको महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ। भदौ २४ मा गाउँ–नगर वडा अधिवेशन, भदौ २७ मा गाउँ–नगरपालिका अधिवेशन गर्ने कार्यतालिका छ। भदौ ३१ मा प्रदेश निर्वाचन क्षेत्र, असोज ३ मा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने निर्वाचन समितिको कार्यतालिकामा उल्लेख छ। असोज ७ मा जिल्ला, असोज १० मा प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ। केन्द्रीय महाधिवेशनको कार्यतालिका भने असोज १६, १७, १८ र १९ गते हुनेछ।
Dd · २०२६/०८/१८, ०७:३९ PM
सामान्य समाचार
शब्द जाल बन्द गर
जब शब्द जाल भन्दा माछा मार्ने झाल उत्तम लाग्छ, लाैरीकाे भर भन्दा पराईकाे काँधकाे प्याराे हुन्छ,
खै के खै के आजकाल आफ्नै (कांग्रेसी)काे दिलमा भन्दा पाराईकाे घरमा बाँस बसुबसु लाग्छ,
उहिले परदेशकाे यात्रा अति सुन्दर लाग्थ्याे,
तर त्यहि परदेशकाे जिवनीमा,
आफ्नै जन्मभुमिले प्रश्न गरिरहेछ,
अनि छिनछिनमा मुर्छा पारि रहेछ,
अब शब्द जाल बन्द गर,बिचारकाे जाल विच्छ्याउ ,सके संसार जित,नसके पराईलाइ बस् मा राख,
त्यति पनि गर्न नसके आफ्नै सहयात्रिकाे छातिमा बराम्बार प्रहार नगर, बराम्बार प्रहार नगर , जय नेपाल
Dd · २०२६/०८/१८, ०३:०० AM
राजनीतिक समाचार
नेपाली कांग्रेसका पुर्व र वर्तमान सभापति भेटले नयाँ दिशा लिने
नेपाली कांग्रेसका निवर्तमान र वर्तमान सभापतिहरुकाे भेटलाइ सबैले विशेष चासाेका साथ हेरेका छन, प्रतिद्वन्द्वी पार्टी स्थानीय र प्रदेश चुनावकाे तयारीमा झुट्दा नेपाली र नेपालकाे ऐतिहासिक पार्टी कांग्रेस आजको भेट पछि नयाँ माेड लिनेछ । चुनाव त समय पुगेपछि आउँछ र एउटा नतिजा दिएर जान्छ तर पार्टी भित्रकाे तिक्तता निवारण विधान र स्वस्फूर्त उर्जा, कार्यकर्ताकाे भावना अनुरुप हुनु पर्छ भन्नेमा सभापति गगन विस्वस्त देखिन्छन् । अहिले दिउसाे १ बजे हुने भेटले आसा गराै कांग्रेस नया कार्यदिशा लिएर अगि बढाेस ।
Dd · २०२६/०८/१७, ११:२३ PM
राजनीतिक समाचार
नेपाली कांग्रेसकाे १५ अैा महाधिवेशनमा अबकाे दशक,देश र कांग्रेस भन्ने दस्तावेज ल्याउने
नेपाली कांग्रेसकाे बैठककाे समापन गर्दै अबकाे दशक,देश र कांग्रेस विषयक राजनीतिक दस्तावेज पेश गर्ने बताउनु भयाे साथै असन्तुष्ट पक्षकाे प्रतिवेदनलाई मुद्दा बनाई अधिबेशनमा भाग लिन अनुरोध पनि गर्नु भयाे।
Dd · २०२६/०८/१७, ०८:१७ AM
राजनीतिक समाचार
नेपाली कांग्रेस कार्यसमितिकाे बैठक सभापतिकाे सम्बाेधन लगत्तै सकिने
नेपाली कांग्रेस पार्टी कार्यालयमा बसिरहेको बैठक सभापति गगन थापाले सम्बाेधन गरे लगत्तै सकिने जानकारी नेका केन्द्रीय सदस्य सुनिता रानाले बताउनु भयाे, जाे राना थारु समुदायको प्रतिनिधित्व गर्दै केन्द्रीय जिम्मेवारी पूरा गरिरहनु भएको छ। सुदुरपश्चिम कै आसा र भराेसाकाे केन्द्रमा युवा महिला नेताले जसले आफ्नो जिवनकालमा धेरै आहाेर अबहाेर पार गर्दै समाज र पार्टीलाई महत्त्वपूर्ण याेगदान गर्दै आउनु भएको छ।
अनाम · २०२६/०८/१७, ०६:३९ AM
राजनीतिक समाचार
जम्बाे मन्त्री मण्डल देखि जम्बाे माेर्चाबन्दी सकृय पुर्व सभापति देउवा
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइराला समूहले नयाँ पार्टी गठनको तयारी झल्किने गरी ‘राष्ट्रिय भेला’ सुरु गरेको थियाे। शुक्रबारदेखि सुकेधारास्थित मिरा
कांग्रेसको शेरबहादुर देउवा समूहले सनातन धर्मलाई राष्ट्रिय पहिचानको रूपमा अघि बढाउने प्रस्ताव पारित गरेको छ। सम्मेलनमा शेरबहादुर देउवाले आफू हिन्दू भएको र सबै धर्म मान्ने स्वतन्त्रताको सम्मान गर्ने तथा
हिन्दु, बौद्ध, किरात र प्राकृति संरक्षण गर्न धर्मको संरक्षण गर्दै धार्मिक सहिष्णुता कायम राख्ने प्रतिबद्धता जनाउनु भयाे
तीन दिनसम्म चलेको यो समूहको सम्मेलनले धर्मबारे आफ्नो धारणा बाहिर ल्याएको हो।
नेपालको सनातनदेखि चली आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो। नेपालम रहिआएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चितदेखि चलिआएको हिन्दू, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रिको पहिचान रूपमा राष्ट्रलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयाे।
हिजाे प्रधानमन्त्री भइरन,कुर्सीमा टिकिरहन जम्बाे मन्त्री मण्डल बनाएर नाम त कमाउनु भयाे साथै नेपाल राजनीतिमा संस्कार नै बन्दै गयाे त्यसैले कांग्रेस विषेश महाधिवेशन पछि जनभावनाकाे कदर गर्न गगन विश्वले युवालाई समेट्न र पुस्तान्तरणलाई महत्त्वपुर्ण दिदा पार्टीको मुलधारबाट बहिर्गमन पश्चात् अर्को जम्बाे मनेर्चाबन्धि सुरु गरेका छन जसमा देउवासँगै पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, उमाकान्त चौधरी, प्रकाशशरण महत, रमेश लेखक, रामजनम चौधरी, किरणराज पौडेल, पूर्णबहादुर तामाङ, वीरबहादुर बलायर, एनपी साउद, दीपक गिरी, दीपक खड्का, मोहनबहादुर बस्नेत, महालक्ष्मी उपाध्याय, जितजंग बस्नेत, कुन्दन काफ्ले र भीमसेनदास प्रधानलगायतलाई समाबेस गरि शशांक र शेखरलाइ माेहरा बनाइ अगि बढेकाेले, गुठबन्धि र माेर्चाबन्धिकाे राजनीतिमा पुनः स्वार्थ समुहले नेपाली जनतालाइ भ्रममा राखिरहँदा नेपाली कांग्रेस केन्द्रीय समितिले सबै चुनाैतिलाइ समाधान गर्न अझै संघर्ष र सकृय हुनु पर्ने सम्पूर्ण नेपाली कांग्रेस शुभेच्छुकहरुकाे सुझाव राखेका छन।
Dd · २०२६/०८/१६, ०५:०८ AM
राजनीतिक समाचार
आराेहण २०२६,ग्वाङझाउ चीन
गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एसिया–प्रशान्त क्षेत्रमा रहेका नेपालीहरूको ११औँ क्षेत्रीय सम्मेलनमा सहभागि हुनु भएकाे कांग्रेसका संसदिय दल नेता भिष्मराज आङदाम्बेले यसकाे विषेश महत्व रहने बताउनु भषाे। यस्ताे आधिकारिक कार्यक्रमले (आरोहण २०२६) नेपालकाे रहेक क्षेत्रमा याेगदान गर्ने विस्वास लिनु भएकाे छ ।र यो १५–१६ अगस्ट २०२६ मा चीनको ग्वाङ्झाउ स्थित क्राउन प्लाजा हलमा विषेश स्वागतका साथ भेरहेकाे छ।
विदेशमा रहेका नेपालीको सीप, पूँजी, ज्ञान र नेटवर्कलाई नेपालको आर्थिक विकाससँग जोड्ने मुख्य उद्देश्य हो। सम्मेलनमा विशेषगरी:
🇳🇵 नेपालमा विदेशी तथा डायस्पोरा लगानी
💧 जलविद्युत्
🏨 पर्यटन
💻 IT तथा प्रविधि
🌾 कृषि
🏗️ पूर्वाधार तथा उत्पादन
🤝 B2B व्यापारिक साझेदारी
👩💼 महिला उद्यमशीलता
👨💻 युवा उद्यमशीलता
👷 वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र अधिकार
👨👩👧 विदेशमा हुर्किएको दोस्रो पुस्तालाई नेपालसँग जोड्ने विषयमा छलफल भईरहेकाे छ।
याे रणनीतिकरुपमा चिनमा आयाेजना गरिनुकाे प्रमुख कारण ग्वाङ्झाउ स्वयं ठूलो अन्तर्राष्ट्रिय व्यापारिक केन्द्र हुनु हो।
NRNA ले स्पष्ट रूपमा ग्वाङ्झाउको व्यापारिक हैसियतलाई प्रयोग गरेर नेपाली डायस्पोरा, चिनियाँ व्यवसायी र नेपालबीच व्यापार तथा लगानीको नेटवर्क बनाउने उदेश्य राखेकाे नेपालि कांग्रेस नेता भिष्मराज आङदाम्बे बताउनु हुन्छ साथै नेपालले चीनसँग पूर्वाधार, पर्यटन, व्यापार, प्रविधि र लगानीका क्षेत्रमा सम्बन्ध विस्तार गर्न खोजिरहेको अवस्थामा NRNA सम्मेलनलाई त्यस्तो आर्थिक सम्बन्धको निजी/डायस्पोरा पक्षसँग जोड्ने मञ्च बनाउन खोजिएको देखिन्छ। —एसिया–प्रशान्त डायस्पोरा नेपालकाे विकासका लागि अर्काे पुल बन्न सक्दछ।
चीन, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, मलेसिया, हङकङ, थाइल्याण्डलगायत क्षेत्रमा रहेका नेपालीलाई एउटै क्षेत्रीय मञ्चमा ल्याउने उद्देश्य राखेकाे बताउनु भयाे।यसपटकको सम्मेलनले केवल NRN अधिकार वा नागरिकताको मुद्दा मात्र होइन, नेपालको आर्थिक विकासमा डायस्पोराको प्रत्यक्ष भूमिकालाई केन्द्रमा राखेको छ र आगामि संसदकाे बैठकमा यि मुद्दाहरुलाई नेपालि कांग्रेस जाेडदार रुपमा उठाउने प्रतिवद्धता जाहेर गर्ने बताउनु भयाे ।
Dd · २०२६/०८/१५, ०४:२४ AM
राजनीतिक समाचार
देउवा गुठकाे भेला राष्ट्रिय भेलाकाे बैधानिक बाटाे छैन-- कुमार लुइटेल
राष्ट्रिय भेला वैधानिक/ऐतिहासिक रूपमा बलियो बनाउन केवल असन्तुष्ट नेताहरूको उपस्थितिले पुग्दैन; पार्टीको वास्तविक संगठन, सदस्यता र प्रतिनिधित्वको आधार देखाउनुपर्छ। विषेश गरि नेपाली कांग्रेसकाे विधान २०१७ ले महासमिति, नियमित महाधिवेशन तथा विषेश महाधिवेशन काे मात्रै परिकल्पना मात्रै गरेकाे छ । हाल जनतालाई भ्रम छर्न र केही साेझा र इमानदार कार्यकर्ता,शुभचिन्तक ,मतदातालाई दवाव प्रभाव पार्न असन्तुष्ट पक्षले गरेको गुठ भेला हिजाे२०५९ सालमा पार्टी फाेर्न देउवाले राख्नु भएको भेला भन्दा पनि अराजकता र अबैध भएको देखिन्छ, याे विधान विपरीत गतिविधि जुनसुकै बहानमा गरिएको भए पनि याे देउवा गुठ भेलामा उपस्थित प्रतिनिधिहरु मापदण्ड नै गगन विरुद्ध म हु भन्ने जमात भन्दा माथि नभएको देखिन्छ। नेका युवा नेता कुमार जि भन्नुु हुन्छ,गुठ गत भेला र माधव नेपाल जि एमाले फाेर्न गरिएको सम्मेलन भन्दा पनि फिलताे राजनीतिक ,संगैठानिक तथा कानुनी बैधता नपुगेकाे तमाम प्रजातन्त्र प्रेमि कांग्रेसका शुभेच्छुक र मतदाताले आज बुझ्न पाएकाेमा हामी अचम्म मान्नु पर्दैन र याे अबैधानिक भेलालाई कानुनी र सामाजिक कसिमा प्रमाणित गर्न हामी हामी चुनाैति दिन चाहन्छौं, यसले त अझ बैधानिक रुपमा सम्पन्न भएको विशेष महाधिवेशन र संघिय समितिलाई बैध भन्न र चारे झण्डा ,रुखकाे सितल छहारीमा गाेलबद्ध हुन तमात सहिद परिवार,घाइते कांग्रेस जिउँदा सहिद, कांग्रेसका मतदाता ,शुभेच्छुकलाई सहयोग पुगेको विस्वास ब्यक्त गर्नु भयाे।
Dd · २०२६/०८/१४, ०९:३७ PM
राजनीतिक समाचार
देउवाकाे यात्रा चुनदेवि कि सानेपा ??
तपाईँ युरोपभ्रमण पछि आज हाम्रोसँग पहिलोचोटि भेट गर्नुभयो, नेपाली काग्रेस चौतारीमा हार्दिकतापूर्व स्वागत छ, मैले युरोपमा हजुरलाई जोड्न खोजेँ थें, अलिकति टेक्निकल इश्यू, समयको अभावको कारणले हजुरलाई जोड्न सकिनँ र हजुरले पनि समय दिन चाहनु भएकाे थियाे, त्यसपछि चाहिँ हल्का दुखी छौँ हैदाइ, ल नेपाल आउनु भयो, हजुर फेरि सशक्त रूपमा लाग्नु भएको देख्दा हामी एकदम हर्सित छौँ, दाइलाई नेपाली कांग्रेस चौतारीमा हार्दिकता पून फेरि स्वागत, जय नेपाल। के छ नि वर्तमान अवस्थामा कांग्रेस हजुरको मुखार बिन्दुबाट केहि कुरा सुन्न पाउँछौँ त हामी आज?
प्रवक्ता देवराज चालिसे -सबैलाई यो चाैतारीमा संपूर्ण साथीहरूलाई जय नेपाल छ, सबैलाई जय नेपाल, विशेष गरेर साथीहरूले विश्वमा छरिएका साथीहरु बहस गरिसक्नु भएको होला। अहिले नेपाली कांग्रेस केन्द्रीय कार्यालयकोमा लगभग नेपाली कांग्रेसको केन्द्रीय समितिकाे बैठक बसिरहेको छ, केन्द्रीय समितिमा पन्ध्र महाधिवेशनलाई विशेष गरेर सुनिश्चित गर्ने, यसलाई निश्पक्ष गराउने प्रयास,आवश्यक पूर्व तयारीहरूमा हामी लागिरहेको छौँ। यो बीचमा समाचारहरु सुन्नु भएकै हाेला, के अदालतको प्रक्रियाहरूको बारेमा पनि तपाईँले सजक गर्नुभएको छ। यी सबै घटनाक्रमहरूमा साथीहरू कति पनि आफ्ना धारणाहरू पार्टीको केन्द्रले जे भन्छ, जे सोच्छ, जे लाइन दिइराखेको छ, त्यसमा आफ्नो देशकाे संविधान र पार्टीको विधानमा प्रतिबद्ध हुनुपर्ने छ। किनकि नेपालकाे राजनीतिमा डेमोक्रेसीलाई कमजोर गराउन, कांग्रेस मै विशेष एउटा भित्री खेल खेलाउन शक्तिहरूले सक्रिय भइरहेको अवस्था छ। कतिपय व्यक्तिगत महत्त्वाकांक्षाहरू पार्टीको संस्थागत प्रक्रियाबाट पुरा गर्नुपर्ने, प्राप्त गर्नुपर्ने विधि छाडेर, कतिपय विधानलाई नै छाडेर, पार्टी भित्रका आन्तरिक वार्ता र संवाद माध्यमबाट हल गर्ने प्रक्रियालाई छाडेर, पार्टीको वैधानिक व्यवस्थापनलाई चुनौती दिँदै, आम कार्यकर्ताहरूले गरेको म्यान्डेटलाई पनि अस्वीकार गरेर, जुन किसिमको पार्टीको आन्तरिक मामिलालाई कोर्टमा लान्ने एउटा पद्धतिको विकास भएको छ, यसले समग्र पार्टीको स्वायत्ततालाई, नेपाली कांग्रेसको विधानको सर्वोच्चतालाई, पार्टीको निर्णय प्रक्रियालाई, पार्टीभित्र समाधान गर्नुपर्छ भन्ने हाम्रो परम्परालाई चुनौती दिएर न्यायिक निरूपणमा अदालतमा जाने एउटा प्रक्रियाको पनि असहनीय प्राक्टिस पनि देखिएको छ। यसले संस्थाको आफ्नो आन्तरिक समस्यालाई आफैमा समाधान गर्न सक्ने क्षमता, सामर्थ्यलाई नकारेर नयाँ प्राक्टिस भयो यो दुखद छ, यो आफ्नो निज स्वार्थको लागि, आफ्नो पदीय स्वार्थको लागि या राजनीतिक सुरक्षाको लागि अदालतमा जानुभन्दा कार्यकर्ताहरूको मनमा फर्किएर,आफ्नो लोकप्रियता प्रमाणित गर्नुपर्ने पार्टीको हाम्रो विधि परम्परा हो, पद्धति हो। यो पद्धति एगेन्स्टमा केही साथीहरू लाग्नु भएको छ,त्यसलाई देश भरका कार्यकर्ताहरूलाई त्यति उत्साहित बनाएको छैन, एउटा अलिकति मनोबल घटाउने काम गरेको छ। त्यसमा जो पार्टीले हिजोका दिनहरूमा पार्टीले जसलाई सम्मान दियो, जसलाई स्वीकारमा पुर्यायो, तिनी मानिसहरू, तिनी नेताहरू, तिनी अग्रजहरू, यी सबै साथीहरू नआएर यो किसिमको पद्धतिमा जानु त्यति प्रिय विषय होइन भन्ने कुरामा सबैको लगभग एक मतै छ। अब विशेष गरेर साथीहरूलाई के अनुराेध गर्न चाहन्छु भने, हाम्रा सबै चिजहरू आसहमति किनकि एउटा पार्टीभित्र भिन्न मत हुनु स्वाभाविकै कुरा हो, लोकतान्त्रिक पार्टीको चरित्र हो, भिन्नमत नभईकन सत्यको परिक्षण पनि हुँदैन। ती सबलाई मनन गर्दै पार्टी भित्र वैचारिक,संगठानिक,आर्थिकसामाजिक प्रतिस्पर्धालाई स्विक
Dd · २०२६/०८/१३, ०८:१७ PM
राजनीतिक समाचार
वडा मै जान पदाधिकारी र केन्द्रीय सदस्य अनिन्छुक , दवाव कि प्रभाव ?
नेपाली कांग्रेसकाे संघिय समितिकाे बैठकमा सदस्यहरुले पदाधिकारी र केन्द्रीय सदस्यहरू स्वत: महाधिवेशन प्रतिनिधि हुन पाउनुपर्ने विषय उठाउँदा वडा तथा स्थानीय स्थरका कार्यकर्ता निरास भएका छन, केन्द्रीय नेतालाई कार्यकर्ता र स्थानीय जनतासँग जाेड्न नेपाली कांग्रेसको विषेश महाधिवेशनबाट सबै पदाधिकारी र सदस्य वडाबाटै चुनिएर आउनु पर्ने विधानकाे व्यवस्था नै धमिल्याएकाे कुरा एक केन्द्रीय सदस्यले बताउनु भयाे । याे व्यवस्था समितिबाट उठेपनि विना परिक्षण नहट्ने कुरा केन्द्रीय सदस्य शिव ब सुनारले बताउनु भयाे । अहिले कांग्रेस मुख्य विवाद यहि रहेको जनाकारहरु पनि वताउनु हुन्छ
Dd · २०२६/०८/१३, ०२:०१ AM
लेख / आलेख
सङ्कटको घडीमा कांग्रेस
मुलुक यतबेला सामान्य राजनीतक अवस्थामा छैन। जनतामा राज्य, राजनीत, नेतृत्व र संस्थाप्रतको वश्वास कमजोर हु ँदै गएको छ। आथक दबाब बढरहेको छ, युवाशिक्त वदेश पलायन भइरहेको छ, उत्पादन र रोजगारीको आधार कमजोर छ, र राजनीतक दलहरूप्रत नै वतृष्णा बढ्दै गएको देखन्छ। यस्तो अवस्थामा लामो लोकतािन्त्रक इतहास, संगठनात्मक अनुभव र रािष् य राजनीतमा गहरो प्रभाव भएको नेपाली कांग्रेसले आफ्नो भूमकालाई सामान्य सत्ताको राजनीत वा आन्तरक शिक्त संघषको सीमाभत्र मात्र हेनु हु ँदैन। सङ्कटको समयमा ठूलो दलको परीक्षा उसले कत शिक्त आफ्नो हातमा राख्न सक्छ भन्नेमा होइन, उसले कत शिक्तलाई रािष् य उद्देश्यमा जोड्न सक्छ भन्नेमा हुन्छ। नेपाली कांग्रेससँग लामो राजनीतक अनुभव छ। लोकतािन्त्रक आन्दोलनदेख सं वधान नमाण र राज्य सञ्चालनसम्म उसको महत्वपूण भूमका रहँदै आएको छ। त्यसैले कांग्रेसले आफूभन्दा बाहर रहेका राजनीतक शिक्त, सामािजक संस्था, नागरक समाज, युवा पुस्ता, उद्यमी, बौद्धक समुदाय र वभन्न संगठनहरूलाई प्रतस्पध वा वरोधीका रूपमा मात्र हेन होइन, रािष् य पुननमाणका सम्भावत साझेदारका रूपमा हेन सक्नुपछ। यसको अथ कांग्रेसले आफ्नो वचार, सद्धान्त वा राजनीतक पहचान त्याग्नुपछ भन्ने होइन। बरु आफ्नो लोकतािन्त्रक चरत्रलाई अझ परपक्व बनाउँदै अरू राजनीतक तथा सामािजक शिक्तहरूलाई समेत लोकतािन्त्रक प्रक्रयामा सहभागी गराउने अभभावकीय भूमका नवाह गनुपछ। ठूलो दलको िजम्मेवारी सानो दललाई समाप्त पानु होइन; लोकतािन्त्रक प्रतस्पधालाई स्वस्थ बनाउनु हो।
अभभावकत्व भन्नाले अरू दललाई नयन्त्रण गनु होइन। यसको अथ हो—संवादको वातावरण नमाण गनु, लोकतािन्त्रक संस्थाहरूको संरक्षण गनु, रािष् य मुद्दामा साझा धारणा नमाण गनु र असहमतको बीचमा पन सहकायको बाटो खोज्नु। कांग्रेसले देशका प्रमुख राजनीतक शिक्तहरूबीच रािष् य संवादको एउटा नयाँ संस्कार सुरु गन सक्छ। आथक संकट, बेरोजगारी, युवा पलायन, उत्पादनको कमजोरी, भ्रष्टाचार, प्रशासनक अराजकता, न्यायक वश्वसनीयता, शक्षा, स्वास्थ्य र रािष् य सुरक्षाजस्ता वषयमा न्यूनतम साझा रािष् य एजेन्डा बनाउन सकन्छ। यस्तो पहल कांग्रेसको राजनीतक कमजोरी होइन, उल्टै उसको परपक्वताको प्रमाण हुनेछ।
नेपाली कांग्रेससँग एउटा वशेष ऐतहासक पू ँजी छ, अनुभव। तर अनुभव आफैंमा पयाप्त हु ँदैन। अनुभवले नयाँ समयका प्रश्न बुझ्न सकेन भने त्यो बोझ बन्न सक्छ; अनुभवले नयाँ पुस्तालाई मागदशन गन सक्यो भने त्यो सम्पत्त बन्न सक्छ। त्यसैले आज कांग्रेसका लाग वास्तवक प्रश्न ‘कसले कसलाई हराउने?’ होइन। वास्तवक प्रश्न हो—‘कसरी लोकतन्त्रलाई बलयो बनाउने हो |
NC leader Badri Aryal, Dhading
Dd · २०२६/०८/१०, ०९:२६ PM
खेलकुद समाचार
क्रिकेट ओडीआई टिमको कप्तान पनि परिवर्तन
रोहित पौडेलले चार वर्ष नेपालको लागि कप्तानी गरेपछि ओडीआई टिमको कप्तान पनि परिवर्तन भएको छ । लेग स्पीनर सन्दीप लामिछाने पुन: ओडीआई टिमको कप्तान बनेका छन् । पछिल्लो समय नेपालले विशेषगरी एकदिवसीय संरचनामा निकै कमजोर प्रदर्शन गर्दै आएको छ । हालै मात्र नेदरल्यान्ड्स भ्रमणमा नेपाल लिग २ मा डच र नामिबियाविरुद्धको २–२ खेल गरी सबै चार खेलमा पराजित भएको थियो । नेपालले लिग २ मा ४–० को ‘क्लिन स्विप’ हार बेहोरेको दोस्रो पटक थियो । विदेशी भूमिमा खेलिएको लिग २ को २० खेलमा नेपालको यो १४ औं हार हो । २०२४ को क्यानडा भ्रमणमा खेलिएका लिग २ मा पनि नेपालले कुनै खेल जित्न सकेको थिएन|आठ राष्ट्र सहभागी लिग २ अंक तालिकामा नेपाल ३२ खेलपछि ११ जित र १९ हारसँगै सातौं स्थानमा छ|
Dd · २०२६/०८/१०, ०७:२२ PM
मनोरञ्जन समाचार
नेपाली कांग्रेस कार्यलय सानेपामा बालककाे गगन क्रेज।
नेपाली कांग्रेस पार्टी कार्यलय सानेपामा (केन्द्रीय) संघिय समितिकाे बैठकको पहिलाे दिन २४ गते १ बालक गगन देश र जनताकाे भराेसा तथा आसाकाे केन्द्र सभापतिसँग फाेटाे खिच्न उत्सुकता साथ हुलकाे प्रभाह नगरी आफ्नो मन परेको नेता गगन थापासँग फाेटाे खिचि खुसि साँटे । जुन उत्साह र उमङ्ग र गगन क्रेज देशै भर फैलदै छ, यसलाई राेक्न सरकार,रास्वपा सभापति तथा सबै समयन्त्र प्रयाेग गरि संकाकाे सुबिधा सबै कांग्रेस नेता,कार्यकर्ता ,शुभेच्छुक र शुभचिन्तक लाई परेकाे छ ।
Dd · २०२६/०८/१०, ०३:०७ AM
राजनीतिक समाचार
अदालतले गर्ने निर्णय कांग्रेस विधान अनुसार नै हुन्छ- वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल
नेपाली कांग्रेसकाे आधिकारिक विषय याे पटक अन्तिम निर्णय हुने गरि सर्वोच्चले फैसला दिन्छ तर पनि विवादलाई बैधानिक बाटाेले निरुपरण गर्नु पर्ने शिर्ष नेता अदालत धाउनु जनता र कार्यकर्तालाई नजर अन्दाज गरेका हुन् यसकाे फल त पकै भविष्यमा देखिने कुरा नेपाली कांग्रेस चाैतारीमा बहसका क्रममा ५० अैा वर्ष न्याय क्षेत्रमा याेगदान गर्नु हुने अग्रज तथा वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल बताउनु हुन्छ
Dd · २०२६/०८/०७, ०९:१७ PM
राजनीतिक समाचार
नेका महाधिवेशन प्रतिनिधिहरुकाे परिक्षणकाे घडि सुरु-- मा नरेन्द्र केरुङ
नेपाली कांग्रेसकाे आधिकारिकता विषय पुन बिउतिएकाे छ , जसले नेपाली राजनीतिमा तरंग छाएकाे अवस्थामा पाचथरबाट जननिर्वाचित माननीय नरेन्द्र केरुङ ज्यु सँग जनतासँग नेपाली कांग्रेस प्रत्येक्ष टिकटक संवादमा कांग्रेसि महाधिवेशन प्रतिनिधिहरु पुन खाजासामल बाेकि सर्वाेच्चमा आधिकारिकता प्रमाणित गर्न तयारी गर्ने सम्मकाे स्थिति रहेको जानकारी गराउनु भयाे र पनि उहाँ माननीय नेरेन्द्र ज्यु धुमिफिरी रुमझाटार भने झै गगन र विश्व कै पाेल्टामा वा विषेश महाधिवेशनकाे पक्षमा निर्णय आउने विस्वस्त हुनुहुन्थ्यो । अहिले सर्वाेच्चले पुनरावलोकनकाे अनुमती दिनुले संका भने पैदा गरेकाे छ, विशेष महाधिवेशन प्रकृया पूरा हुँदा प्राकृतिक न्यायकाे सिद्धान्त पालना भएको छ कि छैन भनी परिक्षण हुने वरिष्ठ वकिल दिनेश त्रिपाठीले पनि वताउनु भयाे, प्रधानन्यायाधीश डा मनाेज कु शर्माले आफै यश मुद्दाकाे किनारा लगाउन इजलासमा बस्छन कि बस्दैनन चासाेकाे विषय पनि छ । हेरम जब सम्म प्रमाणहरु यथेष्ट रहन्छन,न्याय र निर्णय सहि आउनेमा तमाम नेपाली कांग्रेस नेता,कार्यकर्ता ,शुभेच्छुक तथा शुभचिन्तक र सतर्कता साथ हेरि रहेका छन।
Dd · २०२६/०८/०६, ०८:२५ PM
राजनीतिक समाचार
नेपाली कांग्रेस फुट्दैन-- नेका सहमहामन्त्री मुक्ता कु यादव
नेपाली कांग्रेस चाैतारी प्रत्येक्ष संवादमा कार्यकर्तासँग अन्तरक्रियामा सहभागी हुँदै सहमहामन्त्री मुक्ता कु यादवले नेपाली कांग्रेस अग्रग नेताहरुले नै पार्टीकाे नेतृत्वमा युवा पुग्नु पर्छ त्यसका लागि याेग्य ब्यक्तिहरु गगन विश्व नै हुन भनेका थिय त्यति मात्रै हाेईन तमाम नेपाली जनता पनि त्यसै भन्छन ।जसलाई सबै मनन गरेको बताउनु भयाे साथै मधेसका सबै नेता,कार्यकर्ता र जनता जहाँ चारतार झण्डा र रुख हुन्छ त्यस मै रहन्छन। म र सबै मधेसका साथि सकृय ,प्रभावकारी तथा जिम्मेवार भुमिकामा रहेर चुस्त ,दुरुस्त र सशक्त पार्टी नेपाली कांग्रेस बनाउने सदैव लागि रहने विस्वास दिलाउनु भयाे।
Dd · २०२६/०८/०५, ०७:५८ PM
राजनीतिक समाचार
नेपाली कांग्रेस पार्टीकाे वैधानिक वरिष्ठ पदले विवाद समाधान गर्छ-- माननीय जनकराज गिरी
नेपाली कांग्रेस बहुमुखी पार्टी हाे,याे राजनीतिक रुपमा छाता संगठन नै हाे । नेपाली कांग्रेस पार्टीलाई चुस्त दुरुस्त सशसक्त बनाउन राजनीतिक ,आर्थिकसामाजिक मुद्दामा स्वस्थ प्रतिस्पर्धा मार्फतमा सम्बाेधन गरि आएकाे इतिहासले पनि देखाउँछ। बर्तमानमा पार्टी शिर्ष नेता विच पार्टी भित्र ठाउँकाे खाेजि भएको हाे । बाजुराबाट नेपाली कांग्रेसकाे तर्फबाट जननिर्वाचित सांसद जनकराज गिरीसँगकाे कांग्रेस चाैतारी प्रत्येक्ष संवादमा पार्टीले बिधानमा स्पष्ट कार्यक्षेत्र ताेकि वरिष्ठ पदकाे स्थान संस्थागत गर्ने जसमा वरिष्ठ नेताले अध्यक्ष गरि आफ्नाे पुर्व पदाधिकारीहरु जाे अटाेम्याटिक सदस्य हुनेछन उनिले बैठक छलफल गरि पार्टी नेतृत्वलाई सल्लाह ,सुझाव तथा निर्देशन गर्ने प्राबधानले झनै पार्टी मजबुत हुने र प्रजातान्त्रिक मुल्य र मान्यतालाइ अनुसरण गरि नेता व्यवस्थापन हुने हुदाँ याे नयाँ वरिष्ठतम् पद उपयुक्त हुने कुरा उहाँ माननीय तथा अग्रज नेता विस्वस्त हुने भयाे, यसकाे लागि सम्पूर्ण रुपमा प्रतिबद्धता लागि रहने बताउनु भयाे।
Dd · २०२६/०८/०४, ०७:४५ PM
सामान्य समाचार
बुटवलका विद्यालयमा मदिरा र सुर्तीजन्य पदार्थ प्रगाेग निषेध --मेयर खेलराज पाण्डे
लुम्बिनी प्रदेश बुटबल उपमहानगर पालिका मेयर खेलराज पाण्डे ज्युले बालबालिकाहरुकाे स्वास्थ्यमा विद्यलयमा र वरपर रहेका पसल टहरमा अनाधिकृत रुपमा विक्रि वितरण गरिएको मदिरा तथा सुर्तीजन्य पदार्थले मानसिक र शारीरिक असर गरि विद्यार्थीहरुकाे दैनिकीमा प्रभावित भएको गुनासाेलाई संबाेधन गर्न नगरपालिकाले येा निर्यणले गरिएको जानकारी गराउनु भयाे। भविष्यमा यस्ता मध्यपानकाे सेवन र प्रयाेगमा जनचेतनाका कार्यक्रम ल्याउने पनि बुटवल उपमहानगर पालिकाले तयारी गरेको छ ।
Dd · २०२६/०८/०४, ११:३४ AM
राजनीतिक समाचार
महिला संघकाे ७९ अैा स्थापना दिवस भव्यरुपमा मनाइने - मिना खरेल
नेपाली कांग्रेस भातृ संस्था महिला संघकाे ७९ अैा स्थापना दिवसकाे अवसरमा संघका पुर्व अध्यक्ष ज्युहरुकाे सम्मान तथा दिवङगत अध्यक्ष ज्यूहरुलाइ मरनाेपरान्त सम्मान कार्यक्रम तय भएको जानकारी वर्तमान अध्यक्ष मिना खरेल ज्युले दिनु भएको छ। यहि श्रावन २१ गते केन्द्रीय(संघिय) समितिकाे बैठक तय भएको लगत्तै २२ र २३ गते केन्द्रीय सदस्यहरुलाइ अन्तरक्रिया र प्रशिक्षण दिने कार्यक्रम रहेको छ,जसबाट नेपाल महिला संघले महिला हक हित तथा महिला सशक्तीकरणलाई जाेडदार रुपमा प्रदेश तथा स्थानीय स्तरमा पुर्याउने विस्वास रहेको बताउनु भयाे
Dd · २०२६/०८/०४, १२:५५ AM
राजनीतिक समाचार
आज नेपाली कांग्रेसले सानेपामा प्रेस मिट गर्दै ...
नेपाली कांग्रेस केन्द्रीय कार्यलय सानेपामा वर्तमान सरकारका गतिविधि तथा नागरिककाे जनधनकाे सुरक्षा र कांग्रेस कै आन्तरिक बैधानिक व्यवस्थापन र तयारी बिषयमा पत्रकारलाई जानकारी गराईने छ
Dd · २०२६/०८/०३, ०८:३२ PM
प्रादेशिक समाचार
नेपाल महिला संघकाे प्रदेश समिति तुरुन्त गठन हुन्छ--राम कुमारी डांगी
नेपाली कांग्रेस भातृ संस्था नेपाल महिला संघकाे तदर्थ समिति गठन प्रकृयामा काठमाडौंका नेताहरुकाे असन्तुष्टीलाई सम्बाेधनकाे प्रयास प्रदेश समिति गठनबाट समाधान गरिने कुरा नेपाल महिला संघकी केन्द्रीय सदस्य राम कु डागीले जनतासँग नेपाली कांग्रेस टिकटक लाईभ सम्बादमा बताउनु भयाे । राम कु. डागी सशस्त्र आन्दोलनमा माओवादीबाट पिडित परिवारका एक महिला सदस्य हुन्छ, २०५४ कार्तिकमा उहाँ बुबा मान ब डागीलाई माओवादीबाट आक्रमण हुँदा गाेलि सिकार हुनु भयाे लगत्तै काठमाडौ टिचिङ अस्पतालबट उपाचर लिई पुन: नेपाली कांग्रेसमा सकृय रहिरहनु भएको र त्यसकाे प्रेरणाबाट उहाँ छाेरी राम कुमारी निर्न्तर माओवादी, समाजका अन्य चुनाैतिसँग लड्दै महिला संघकाे केन्द्रीय महाधिवेशन सम्पन्न गर्न सकृय रहनु भएको जानकारी गराउनु भयाे।
Dd · २०२६/०८/०३, ०७:१७ AM
प्रादेशिक समाचार
नेपाली कांग्रेस मन्थलि नगर समितिकाे सकृयतामा बृक्षाराेपण समपन्न
बागमती प्रदेश नेपाली कांग्रेस मन्थलि नगर समितिका सह- सचिव बासुदेब ढुङ्गेलकाे सकृयतामा रामेछाप जिल्लाकाे मन्थलि नगरपालिका वडा नं ८ चिसापानीमा रहेकाे भिमशेन मन्दिर परिसर वरपर नगर कांग्रेस समिति तथा नेपाली कांग्रेस काठमाडौ सम्पर्क मन्चकाे सहयाेगमा २० साै प्रजातिका फुल तथा बाेट बिरुवा मन्दिर संरक्षण समितिकाे सकृयतामा बृक्षराेपण कार्य सम्पन्न भयाे । भिमशेन मन्दिर मन्थलि नगरपालिकाकाे पर्यटकिय तथा धार्मिक स्थलकाे रुपमा चर्चित छ.
।
Dd · २०२६/०८/०१, ११:५४ AM
प्रादेशिक समाचार
सन्त नेता कृ्ष्ण प्र भट्टराई अतिथि सदन निर्माण,विराटनगर-४
नेपाली कांग्रेस अग्रज तथा पुर्व सभापति र प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ज्यु काे संझनामा काेशि प्रदेश राजधानी विराटनगर महानगर पालिका वडा ४ मा उहाँलाई सम्मान रुप अतिथि स्तकार,निवास निर्माण गरिएको छ । सन्त नेताकाे छवि बनाउनु भएका पुर्व प्रधानमन्त्री भट्टराई एक चर्चित र बाैद्धिक राजनीतिक हुनुहुन्थ्यो उहाँकाे राष्ट्प्रतिकाे माया र सद्भावले धेरै नेपालीकाे मन छाेएकाे छ। सन्त नेता कृष्णप्रसाद भट्टराई फाउन्डेसनका संस्थापक अध्यक्ष र काेशि प्रदेश उपसभापति रमेश जंग रायमाझीका अनुसार ५ महिना भित्र पुर्णरुपमा आउने र त्यसबाट प्रा प्त फाईदा गरिब,असाहय,बृद्धलाई सहयोग तथा बालबालिकाहरुकाे छात्रवृत्तिमा लगाउने कुरा बताउनु भएको छ।
Dd · २०२६/०७/३१, ०६:४७ PM
राजनीतिक समाचार
काेशि प्रदेशका प्रमुख दलहरुले सद्भाव कायम राख्न अपिल
नेपाली कांग्रेस काेशि प्रदेश लगाएत सबै राष्ट्रिय दलहरुले विशम परिस्थितिकाे मुल्यांकन गर्दै सम्पूर्ण नागरिकहरुलाइ सामाजिक सद्भाव र शान्ति कायम राख्न संयुक्त रुपमा अपिल गरेका छन ।
Dd · २०२६/०७/३०, १०:२६ PM
राजनीतिक समाचार
नेका वरिष्ठ नेतालाई सानेपामा श्रद्धाञ्जली
नेपाली कांग्रेसका वरिष्ठ नेता गाेपालमान श्रेष्ठलाई संघीय कार्यलय सानेपामा पार्टी सभापति गगन थापा लगाएत नेताहरुले श्रद्धाञ्जली अर्पण गर्नु भयाे तथा सर्वसाधारणकाे लागि दिउसाे ११ बजे सम्म राखिने लगत्तै शव यात्रा सहित पशुपति पुर्याईने छ ।
Dd · २०२६/०७/२९, ०२:१८ AM
राजनीतिक समाचार
दुखद खबर, नेका वरिष्ठ नेता गाेपालमान श्रेष्ठ ज्यू अब रहनु भएन
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रजातान्त्रिक याेद्दाकाे असामयिक निदनले सम्पूर्ण नेपाली कांग्रेस परिवार तथा नेपाली कांग्रेस चाैतारी दुखित भएको छ , उहाँ प्रति भावपुर्ण श्रद्धाञ्जली 💐
देवानगञ्ज तथा सुनसरीमा बसाेबास गरि रहनु भएका जनसमुदायलाई धैर्य धारण गरि शान्तिपूर्ण तवरले न्यायकाे पक्षमा रहन अनुरोध गर्दछौं साथै आवेग भन्दा विवेकशिल हुन अनुरोध गर्दछौं तथा वर्तमान बालेन सरकारले गैर संबैधानिक रुपमा सेना परिचालन गरि अन्याय परेका जनतालाई थप त्रास पैदा गरेको प्रति आपत्ति जनाउछाै ,नेपाली कांग्रेस संघिय समितिका सभापतिलाई यसबारे जानकारी गराइ उपयुुक्त निर्णय लिन तथा नेपाली कांग्रेस काेशि प्रदेश समिति थप जनधनको क्षति नहुन दिन सक्रिय रहने छ भनी नेपाली कांग्रेस चाैतारीलाई संवादमा नेका काेशि प्रदेश उपसभापति रमेश जंग रायमाझीले बताउनु भयाे , नेपाली कांग्रेस पार्टीले उत्त घट्नालाई गम्भीरता पुर्वक लिएकोमा सम्पूर्ण प्रदेश बासिलाइ धर्य धारण गर्न गरि शान्तिपूर्ण तरिकाले न्यायकाे पक्षमा रहन आग्रह गर्दछाै । याे घट्ना दुखद छ , सरकारले यस्ता घट्नलाइ सूक्ष्म अध्ययन गरि अन्यायमा पर्नु भएकालाई न्याय दिन र अपराधीक गतिविधि गर्नेलाइ कानुनी प्रकृया अघि बढाउन तुरुन्त माग गर्दछौं
Dd · २०२६/०७/२७, ०४:११ AM
राजनीतिक समाचार
देवानगञ्ज तथा सुनसरीका जनसमुदायलाई शान्तिपूर्ण तरिकाले न्यायकाे पक्षमा रहन अनुरोध छाै
देवानगञ्ज तथा सुनसरीमा बसाेबास गरि रहनु भएका जनसमुदायलाई धैर्य धारण गरि शान्तिपूर्ण तवरले न्यायकाे पक्षमा रहन अनुरोध गर्दछौं साथै आवेग भन्दा विवेकशिल हुन अनुरोध छ, काेशि प्रदेश तथा संघीय सभापति ज्युलाइ उत्त घटनालाई तुरुन्तै सम्बाेधन गरिदिन हुन अनुरोध , देवानगञ्जमा घटेकाे घट्ना दुखद छ , सरकारले यस्ता घट्नलाइ सूक्ष्म अध्ययन गरि अन्यायमा पर्नु भएकालाई न्याय दिन र अपराधीक गतिविधि गर्नेलाइ कानुनी प्रकृया अघि बढाउन तुरुन्त माग गर्दछौं
Dd · २०२६/०७/२७, ०३:१९ AM
सामान्य समाचार
नागढुङ्गा सुरुङ मार्ग सञ्चालन
२.६८८ किमि लम्बाइ भएको काठमाडौकाे मुल द्वारकाे रुपमा रहेकाे नागढुङ्गा प्रवेश अब सुरु मार्ग हुदै कलङ्कि सिधा जाेडिएकाे छ जसमा जाईकाले सहुलियत ऋण उपलब्ध गराएको थियाे
Dd · २०२६/०७/२७, १२:४० AM
लेख / आलेख
श्रद्धाञ्जली: विश्वेश्वर प्रसाद कोइराला (स्मृति दिवस साउन ६गते)-- नेका युवा नेत्री अनु थापा
आज नेपाली राजनीति मात्र होइन, विश्व समाजवादी आन्दोलनको शिखर पुरुष, प्रजातन्त्रका अग्रदूत *विश्वेश्वर प्रसाद कोइराला*को स्मृति दिवस।
वी.पी. केवल नेता थिएनन्, उहाँ एउटा विचार थिए - "जनताको मुक्ति नै मेरो धर्म हो"भन्ने विचार वी.पी थियो।
उहाँबाट हामीले के सिक्ने?
१.ईमान्दारिता: सत्तामा हुँदा पनि सादा जीवन। पदको लागि सम्झौता नगरेको चरित्र। सादा पहिरन सुद्दध चरित्र समाजवादीका पहिचान हुन ।
२.नैतिक चरित्र: "म गल्ती गर्छु भने जेल बस्न तयार छु" भन्ने निडरता उहाम थियो। चरित्र नै राजनीति हो भन्ने धारणा थियो वी.पीमा।
३.प्रजातन्त्रप्रति समर्पण: जेल, निर्वासन, रोग सबै सहनुभयो तर जनताको मत र संविधानप्रति कहिल्यै सम्झौता गर्नुभएन। राजनीति स्वतन्त्रता नै समावादको पहिलो खुडकिला मान्नु भयो र जीवन यसैमा समर्पण गर्नु भयो। लोकतन्त्रको युद्ध लडिरहनु भो।
४.जनताप्रतिको जिम्मेवारी: "म प्रधानमन्त्री होइन, जनताको पहिलो सेवक हुँ" भन्ने भावना वी.पीमा थियो। पदको अहंता थिएन।
वी.पी.ले सिकाउनुभयो - राजनीति सेवा हो, व्यवसाय होइन। सत्ता भोग होइन, जिम्मेवारी हो।चरित्र गयो भने सबै गयो" भन्ने सिद्धान्त वी.पी.कै बाटो हो।
आज हामीले उहाँको मूर्ति मात्र पुजेर फूल चडाएर पुग्दैन। उहाँको चरित्र, उहाँको त्याग र उहाँको प्रजातान्त्रिक निष्ठालाई आत्मसात गरिआफ्नो आचरणमा उतार्न सक्नुपर्छ।
वी पीको सपनाको समृद्ध, समान र न्यायपूर्ण नेपाल बनाउने हो। आजका दिन हामी सङ्कल्प गरौं।
UN पार्क बाट सुरु भएको नेपाली कांग्रेस संघिय समितिले विपि स्मृति दिवसकाे उपलक्ष्यमा आज विहान ६ बजे शुभारम्भ गरेको प्रतियोगितामा प्रथम हुनु भएका मुकेश ब पाललाइ ५०००० पुरस्कार सहित सम्मान गरियाे त्यसै गरि दृतिय नरेन्द्र सिंह रावत,तृतीय संजय श्रेष्ठ ,चाैथाे गणेश सिंह ,पाचौं अमृत ठकुरी ,छैटौं नागेश्वर लाई क्रमशः २५,२०,१२,१० तथ ८ हजार नगद सहित प्रमाणपत्र प्रदान गरियाे
DD · २०२६/०७/२१, ०९:५४ PM
राजनीतिक समाचार
विपिकाे फाेटाे बाेक्नु वा अनुयायी बन्नुले कांग्रेसीलाई नै चिनाउँछ-- गुरुराज घिमिरे
नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले बताउनु हुन्छ कि कांग्रेस संस्थापन पक्षले पार्टी केन्द्रीय कार्यालय सानेपामा राखेको बीपी स्मृति दिवसको कार्यक्रम आधिकारिक हो। संस्थापन पक्षले सानेपामा बीपी सम्झिने तयारी गरिरहँदा असन्तुष्ट समूह भने त्यसलाई स्मृति दिवसमा सीमित राख्न चाहेको छैन। विपिकाे फाेटाे प्रदर्शनी तथा भजन कृतन गर्नु भन्दा अर्थतन्त्रको गिरावट, सुकुम्बासी समस्या, युवाको आत्मदाह, सरकारका विवादास्पद क्रियाकलापलाई राष्ट्रिय मुद्दा बनाई कांग्रेसले प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्न विपि स्मृति दिवसले प्रेरणा दिने विस्वास दिने बताउनु भयाे
Dd · २०२६/०७/२१, ०३:०४ AM
खेलकुद समाचार
ग्रिन रनले सबैलाई जाेड्छ-- सभापति गगन थापा
यहि साउन ६ गते आयाेजना हुने ५ किमि काे ग्रिन रन दाैड प्रतियोगितामा सहभागी हुन सबैलाई आव्हान गरेका छन जुन दाैडमा गगन आफै सहभागी हुने बताउनु भएको छ। खेलकुद यस्तो विधा हाे जसले सबै खाले ब्यक्तिहरुलाइ सहभागी हुन र मनाेरञ्जन दिन सक्छ। नेपाली कांग्रेस संघीय समितिकाे सक्रियतामा हुन गई रहेको याे अवसरले भावनात्मक एकतालाई कायम राख्ने तथा दाैड प्रतियोगितामा स्वास्थ्य टाेलि तथा आकस्मिक सेवा समेतकाे व्यवस्था गरिएको बताउनु भएको छ।
Dd · २०२६/०७/२१, १२:०५ AM
खेलकुद समाचार
१६ वर्ष पछि फुटबल वल्ड कप चुम्याे स्पेनले
३९ वर्षकाे मेस्सि काे उपाधि बचाउलाई असफल बनाउदै स्पेनले फुटबल २०२६ काे विश्व कप आज हात पार्याे, १६ वर्ष लगातार प्रयास तथा युवा खेलाडीहरुले भरिपुर्ण जुझारु टिमले झण्डै ९०% समय फुटबल आफ्नो कब्जामा राख्दै १-० ले अर्जेन्टिनालाई स्तब्ध बनायाे ।
Dd · २०२६/०७/१९, ०६:३० PM
खेलकुद समाचार
अर्जेन्टिना vs स्पेन कस्ले मार्ला बाजि
अर्जेन्टिना र स्पेन विचकाे २०२६ काे फुटबल वल्र्ड कप फाइनल खेलआज राति हुनेछ, जसमा यी दुई देश बिचकाे ऐतिहासिक,सांस्कृतिक तथा साझा फुटबल ईतिहासले समर्थक र खेलप्रेमिहरुलाइ भावनात्मक रुपमा जाेडेकाे छ तर हार जित त खेलकाे नियण हाे, दुबै पक्ष समान रुपमा उत्साहित र दुबिधामा खेलकाे मनारञ्जन लिने विस्वास छ।
ललितपुरमा सन्त नेता कृष्णप्रसाद भट्टराईकाे सालिक अनावरण गर्दै नेपाली कांग्रेस पार्टी सभापति गगन थापाले सत्ताका लागि सिद्धान्त कुल्चिनु अपराध हुनेछ भन्ने कुरा म आफू र जनताले पनि गर्न हुन्न भनिसकेका छन,त्यसैले प्रदेश सरकार गठन मा त्रिपक्षीय गठन बन्दन असम्भव मात्रै हाेइन साेच्न पनि नहुने बताउनु भएको छ।
Dd · २०२६/०७/१९, ०४:४३ AM
खेलकुद समाचार
इंग्ल्यान्ड ६ -- ४ फ्रान्स
इंग्ल्यान्डले इस्तरिय खेल प्रदर्शनले फ्रान्स स्तब्ध ...
Dd · २०२६/०७/१८, ०६:०९ PM
सामान्य समाचार
काठमाडौँ र धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गले आर्थिक भार कम गर्छ ?
काठमाडौँ र धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम ढिलै पूरा भए पनि साउनभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएकाे छ,आधुनिक 'टोल'प्रति सवारी साधन शुल्क लागू गरिएकाे छ,र्सुरुङमार्ग सञ्चालन निर्देशिका अनुसार सुरुङभित्र पैदलयात्री, दुईपाङ्ग्रे, तीनपाङ्ग्रे र इन्जिन नभएका सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ
Dd · २०२६/०७/१८, ०८:१२ AM
प्रादेशिक समाचार
संघीय सरकार VS स्थानीय र प्रदेश सरकार- जनकपुर
मधेस प्रदेशको जनकपुरधाम स्थित गुठी मठ,मन्दिर तथा पोखरीका डिल तथा रामजानकी मन्दिरलगायत ऐतिहासिक तथा धार्मिक स्थलको जग्गा र सम्पत्तिको संरक्षण र अतिक्रमण हटाउने उद्देश्यले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे ९ सदस्यीय प्रतिवेदन कार्यान्वयन समिति बनाएको थियो जस अनुसार दाेजर आतंक मच्चाउन तल्लीन बालेन सरकारको कार्यलाई स्थानीय र प्रदेश सरकारले संघीयता विरोधि कदम मात्रै भनेका छैनन् , स्थानीय र प्रदेश सरकार,संबैधानिक हक अधिकार माथिकाे हस्तक्षेप हाे भनी मधेसी जनतालाई अधिकार रक्षाका लागि तयार रहन आह्वान गरेका छन
Dd · २०२६/०७/१८, ०७:५६ AM
खेलकुद समाचार
आज राति इंग्ल्यान्ड र फ्रान्स तेस्रो स्थानकाे लडाइँ
२०२६ काे विश्व फुटबल कप दाबेदार दुई टोली मानिएका फ्रान्स र इंग्ल्यान्ड सेमिफाइनलमा पराजित भए सँगै आज राति तेस्रो स्थानका लागि मैदान उत्रिने छन् । त्यस्तै फ्रान्सका चर्चित खेलाडी किलियन एमबाप्पे अझै गोल्डेन बुटको दौडमा छन् । उनले यस खेलमा सुरुवात देखि नै गोल थप्दै व्यक्तिगत पुरस्कार जित्ने प्रयास गर्नेछन् ।
इंग्ल्यान्डका कप्तान ह्यारी केन र जुड बेलिङहमले पनि प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गरेका छन् र खेललाई थप राेचक बनाइ रहेका छन
अनाम · २०२६/०७/१८, ०७:३७ AM
प्रादेशिक समाचार
लुम्बिनी प्रदेश दाङ ३ अन्तर्क्रिया कार्यक्रम
नेपाल महिला संघ लुम्बिनी प्रदेश दाङ निर्वाचन क्षेत्र ३ तुलसीपुरमा क्षेत्रिय सभापति चित्रा गिरी काे सभापतित्वमा केन्द्रीय प्रतिनिधि राधिका चाैधरीकाे प्रमुख आतिथ्यमा साउने सक्रान्तिकाे शुभकामना आदानप्रदान साथै नेपाली कांग्रेसकाे जरा अभियान र क्रियाशील अद्यावधिक सम्बन्धित विवरणकाे सूक्ष्म विश्लेषण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ |
Dd · २०२६/०७/१७, १२:३२ AM
सामान्य समाचार
नेपालकाे सडक यमराजकाे बासस्थान हाे र ?
नेपालमा बढ्दो सडक दुर्घटना र जनधनको क्षतिपछि पनि सरकारले अपेक्षित प्रभावकारी कदम चाल्न नसकेको भन्दै सरकार र प्रधानमन्त्रीको व्यापक आलोचना भइरहेको छ।
प्रधानमन्त्री बालेन्द्र मस्त निद्रामा छन।
सरकारप्रति आलोचना हुनुका केही कारणहरू यस प्रकार छन:-
सडक सुरक्षा सुधार अपेक्षाअनुसार हुन नसक्नु।
दुर्घटना रोकथाममा प्रभावकारी कार्यान्वयन कमजोर देखिनु।
सडक मर्मत, निर्माण र अनुगमनमा ढिलाइ।
जनताले अपेक्षा गरेको गति र परिणाम सरकारले दिन नसक्दा सरकारले नागरिककाे निरासा चिर्न सकिरहेको छैन, अब उढ सरकार सुन्दर प्राकृतिक देशका सडक यमराजकाे कृडास्थल बन्न नदेऊ ।
Dd · २०२६/०७/१६, ११:५४ PM
राजनीतिक समाचार
उद्योग कलकारखाना सेनालाई जिम्मा लगाउनु उत्तर काेरिया माेडल हाे !
नेपालकाे बालेन्द्र सरकारले ५ दशक पुरानो हेटौँडा कपडा उद्योगकाे परीक्षण,उत्पादनका लागि नेपाली सेनालाई जिम्मेवारी र व्यवस्थापनकाे अधिकार दिएको छ, जुन सरसर गलत हाे, विश्व भर कम्पनी सञ्चालन र उत्पादन सरकारका मातहतका संस्थाले गर्नु अव्यावहारिक र अपारदर्शी काम हुनेछ भनी उत्पादन र वितरण सरकारमा दर्ता भएको कम्पनी ऐन अनुसार गर्ने पर्नेमा स्टन्ट बाजिमा रमाउने उद्देश्यले गरिएको बुझाउँद छ । अर्थ मन्त्रालयले ३३ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि सेनाले उद्योगको मर्मत र अध्ययन प्रतिवेदन तयार पार्ने कार्य शुभारम्भ गरिसकेको छ ।
नेपालका विज्ञहरू तथा व्यवसायीहरुले यस्तो एकलौटी कार्यकाे खन्डन गरिरहेकाे तथा मेसिन र प्रविधिले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसक्ने भन्दै सेनालाई व्यापारिक कार्यमा संलग्न नगराउनु अनुरोध र संस्थागत रूपमा जोखिमपूर्ण हुने प्रस्ट्याई रहेका छन तर बालेन्द्र सरकार नागरिक समाज बुद्धिजीवी वर्गकाे कुरा एक कानले सुनेर अर्को कानले उडाइ रहेछ ।
Dd · २०२६/०७/१६, ०८:५२ PM
राजनीतिक समाचार
अधिनायकवादी सत्ताले नागरिकको मुख थुन्नु अनौठो होइन: गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी नेताहरूको घर, सञ्चारगृह र उद्यमीहरूको व्यावसायिक स्थलमा सवारीसाधनद्वारा आवागमन अवरुद्ध गरी नागरिकको निजी सम्पत्ति, आर्जन र जीवनमा क्षति पुर्याउने अधिकार राज्यलाई नभएको बताएका छन्।
उनले थपे कि राजनीतिक दलहरू र मिडियाले सुकुम्बासी समस्या र गणेश नेपालीको आत्मदाहको बारेमा प्रश्न उठाउन थालेपछि राज्यको व्यवहार आएको हो, जुन पूर्णतया अकल्पनीय थियो।
४४औं बीपी स्मृति दिवसको तयारी बैठकलाई सम्वोधन गर्दै उपाध्यक्ष तथा फाउन्डेसनका प्रमुख विश्वप्रकाश शर्माले साउन ६ गते पार्टीका तर्फबाट पाँच किलोमिटरको 'ग्रीन रन', चित्रकला प्रतियोगिता र संवाद कार्यक्रम आयोजना गरिने जानकारी गराउनुभयो।
अनाम · २०२६/०७/१३, ०७:४२ PM
राजनीतिक समाचार
प्रश्न गर्ने अधिकार कसैले खास्ने हैसियत छैन-गगन
नेपाली कांग्रेस सभापति गगन कुमार थापाले इतिहास मै प्रश्न गरेर उत्पत्ति भएको नेपाली कांग्रेस पार्टी र कार्यकर्ता सधैं सचेत र संबेदनसिल भएर हेरिरहेको छ , अहिलेकाे सरकारलाई सकारात्मक काममा सहयाेग गर्ने तर नागरिक माथि संविधान तह दिईएकाे अधिकार खाेस्ने चेष्टा गरे संसद ,सडकबाट नागरिक आवाज बुलन्द पार्ने बताउनु भएको छ|
अनाम · २०२६/०७/१३, ०७:४३ AM
सामान्य समाचार
न्यायाधीश र सैनिक अधिकारी सम्पत्ति छानबिन असम्भव किन ?
सम्पत्ति छानबिन आयोगले विज्ञप्ति जारी गर्दै बहालवाला तथा पूर्वन्यायाधीशका साथै, बहालवाला र पूर्वसैनिक अधिकारीको हकमा मात्रै जाँचबुझ स्थगित हुने जनाएको छ |
सर्वोच्च अदालतले कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्नू’भनी आदेशले नागरिकहरूमा सोधपुछ गर्दा विभेद देखिन्छ |
अनाम · २०२६/०७/१३, ०७:२७ AM
लेख / आलेख
गम्भीर चेतावनी र कठिन परीक्षा
मुगुबाट काठमाडौं आएर स्वरोजगारमार्फत जीविकोपार्जन गरिरहेका, तीन वर्षीया छोरीका पिता युवा श्रमिक गणेश नेपालीको राजधानीको मुटुमै आत्मदाहबाट भएको मृत्यु, यो केवल एउटा व्यक्तिको दुःखद अन्त्य होइन । यो राज्यप्रतिको घट्दो जनविश्वास, शासन प्रणालीप्रतिको बढ्दो असन्तुष्टि र भविष्यप्रतिको गहिरिँदो निराशाको अत्यन्त पीडादायी अभिव्यक्ति हो । आत्मदाह भएपछि एम्बुलेन्समा नराखी जसरी समातेर हिँडाइयो, यो त झन् पीडादायी यातना र क्रूरताको परिदृश्य थियो । यही हप्तामै सर्लाहीका ३५ वर्षीय विवेक मण्डलको आत्मदाह प्रयास, कालोपुल–रातोपुलबीच धोबीखोलामा एक महिलाले गरेको आत्महत्या, वैकल्पिक व्यवस्थाबिना गरिएको डोजर कारबाहीका क्रममा ज्यान गुमाएका सुकुम्वासी इन्द्रबहादुर राई, रविन तामाङ र भेषराज दर्जीलगायतका घटनादेखि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा विस्थापित परिवारले भोगिरहेको रुवाबासीको पीडासम्मका दृश्यले एउटै गम्भीर प्रश्न उठाएका छन्— के राज्य आफ्ना नागरिकको पीडा सुन्न, बुझ्न र समयमै सम्बोधन गर्न नसक्ने असक्षम हुँदैछ ?
कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढीपीडितको नाजुक अवस्था बुझ्न र राज्यसँग जवाफ माग्न पुगेका मजीद अन्सारी, नहेन्द्र खड्का, सरिश्मा थापालगायतका युवाहरूलाई निर्ममताका साथ कुटपिट गरी नियन्त्रणमा लिएको घटना अलोकतान्त्रिकमात्र होइन, गैरकानुनी र अमानवीय व्यवहार भएकाले लज्जाजनक, चिन्ताजनक र निन्दनीय छ । वर्तमान राज्य सञ्चालन तथा शासनशैली करुणाविहीन त छँदै थियो, यति असहिष्णु र निरंकुशता उन्मुख पनि हुन पुगेको अनुभव गराएको छ । चेत होस् र सद्बुद्धिले काम गरोस्, लोकतन्त्रमा राज्यसँग प्रश्न गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो, जसको जवाफदेहिता गिरफ्तारी, लाठी वा दमन कदापि हुन सक्दैन । सरकार बलियो र विधिको पक्षधर त्यो अवस्थामा हुन्छ, जब ऊ फरक मत र आलोचना सुन्ने स्वभावबाट क्रियाशील हुन्छ । आलोचनालाई दमन गरेर होइन, संवाद, उत्तरदायित्व र जिम्मेवारीमार्फत सम्बोधन र समाधान गर्ने संस्कार नै राज्यको दायित्व हुने गर्छ । फरक मत र जनताका सवाल सुन्न नसक्नुलाई बहादुरी भन्न मिल्दैन, फगत कायरता हो । तसर्थ यस घटनामा अवैधानिक प्रक्रियाका साथ गिरफ्तार गरिएका युवाहरूलाई तत्काल रिहाइ गर्नुपर्छ ।
हरेक वर्ष आत्मदाह वा आत्महत्याका घटना बढ्दै गएर पछिल्लो एक वर्षमा ६८६६ पुगेको प्रहरी तथ्यांकबाट देखिन्छ । आत्महत्याका यी घटना छुट्टाछुट्टै देखिए पनि तिनको जड एउटै छ । कुशासन, गरिबी, बेरोजगारी, सामाजिक असुरक्षा, भ्रष्टाचार, दण्डहीनता, कमजोर सेवा प्रवाह, न्यायप्रतिको घट्दो विश्वास र भविष्यप्रतिको चरम निराशाले समाजमा मौन आक्रोश फैलाइरहेको छ । जब नागरिकले राज्यबाट न्याय, अवसर, सम्मान र सुरक्षा प्राप्त गर्ने आशा गुमाउन थाल्छ, त्यतिबेला निराशाले व्यक्तिगत त्रासदीमात्र होइन, सामाजिक संकटको रूप लिन थाल्छ । त्यसैले यस्ता घटनालाई केवल व्यक्तिगत मानसिक अवस्था वा विगतका घटनाको परिणामका रूपमा हेरेर राज्य आफ्नो जिम्मेवारीबाट पन्छिन सक्दैन ।
लोकतान्त्रिक शासनको आधार नागरिकको विश्वास हो । नागरिकको भरोसा कमजोर बन्दै जाँदा लोकतन्त्रका संस्थाहरू पनि क्रमशः कमजोर हुन थाल्छन् । गणेश नेपालीको आत्मदाहले एउटा गम्भीर प्रश्न उठाएको छ— हाम्रो शासन व्यवस्था नागरिकको जीवनलाई सहज बनाउन सफल भइरहेको छ कि नागरिकलाई निराशाको अन्तिम बिन्दुतर्फ धकेलिरहेको छ ? यो प्रश्नको उत्तर केवल सरकारले मात्र होइन, सम्पूर्ण राज्य संयन्त्रले दिनु जरुरी छ ।
लेखक केसी प्रतिनिधिसभाका सांसद एवं नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य हुन् |
अनाम · २०२६/०७/१३, ०६:१९ AM
सामान्य समाचार
बाढी-पहिरोको जोखिम !
झापा-ताप्जेजुङ,बीपी राजमार्ग,कान्ती लोकपथ,अरनिको राजमार्ग, पोखरा-ताङतिङ सडक, घोराही-रुकुम शहीद मार्ग, सालझण्डी-ढोरपाटन सडक र मदन भण्डारी राजमार्ग पनि बाढीपहिरोले अवरुद्ध र एकतर्फी सडक सञ्चालनमा रहेको अवस्था छ |
admin · २०२६/०७/१२, १०:४७ PM
खेलकुद समाचार
विश्वकप 2026 को सेमिफाइनलमा पुग्ने चार टोलीहरू
सन् २०२६ को फिफा विश्वकपको सेमिफाइनलमा पुग्ने चार टोलीहरू फ्रान्स, स्पेन, इङ्गल्याण्ड र अर्जेन्टिना हुन्। विश्वव्यापी फिफा वरीयतामा शीर्ष चार स्थानमा रहेका राष्ट्रहरू नै प्रतियोगिताको अन्तिम चारमा पुगेको यो पहिलो पटक हो।
आगामी बुधबार र बिहीबार राति हुने ती दुई खेलले तेस्रो स्थान र फाइनलमा भिड्ने टोलीको टुंगो लाग्नेछ। तेस्रो स्थानका लागि आगामी आइतबार राति २ः४५ बजे र उपाधिका लागि सोमबार बिहान १२ः४५ बजे खेल हुनेछ, जसलाई विश्व भरीका फुटबल प्रेमिहरुले चासोका स्थान हर्ने छन |
dd · २०२६/०७/१२, १०:३१ PM
प्रादेशिक समाचार
बागमती प्रदेशको परिचय, महत्त्व
यस बागमती प्रदेशमा हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ (काठमाडौं), बूढानीलकण्ठ(काठमाडौं), स्वयम्भूनाथ(काठमाडौं), चागुँनारायण (भक्त्तपुर), गोसाइँकुण्ड (रसुवा), कालिञ्चोक भगवती (दोलखा), भीमेश्वर (दोलखा), लगायतका महत्वपूर्ण धार्मिक स्थलहरू छन् ।
admin · २०२६/०७/१२, ०९:४४ PM
सामान्य समाचार
आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती
भानुभक्त आचार्यलाई नेपाली भाषाको 'आदिकवि' (पहिलो कवि) का रूपमा सम्मान गरिन्छ। उनी विशेष गरी हिन्दूहरूको महान् महाकाव्य 'रामायण' लाई संस्कृतबाट नेपालीमा अनुवाद गर्ने पहिलो लेखकका रूपमा प्रसिद्ध छन्; यस कार्यले साहित्य र धार्मिक ग्रन्थहरूलाई आमजनता—जसमध्ये अधिकांश निरक्षर थिए—को पहुँचसम्म पुर्यायो।
उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको बताइन्छ ।
‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत उनका कृति छन् । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान
उनीहरूले गरे |
अनाम · २०२६/०७/१२, ०९:३३ PM
राजनीतिक समाचार
बीपी स्मृति दिवस भनेको के हो ?
बीपी स्मृति दिवस नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, जननायक तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बीपी कोइराला) को सम्झना र सम्मानमा हरेक वर्ष मनाइने एक विशेष दिन हो।
नेपाली राजनीति र साहित्यका शिखर पुरुष बीपी कोइरालाको निधन २०३९ साल साउन ६ गते (२१ जुलाई १९८२) मा क्यान्सर रोगका कारण भएको थियो। त्यसैले, हरेक वर्षको साउन ६ गतेलाई नेपालमा 'बीपी स्मृति दिवस' का रूपमा मनाउने गरिन्छ।
यो दिवसको महत्त्व र यस दिन गरिने मुख्य कार्यहरू यस प्रकार छन्:
१. राजनीतिक क्रान्ति र योगदानको स्मरण
बीपी कोइरालाले नेपालमा २००७ सालको राणाशासन विरोधी आन्दोलनको सफल नेतृत्व गर्नुभएको थियो। २०१५ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत हासिल गरेपछि उहाँ नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो। उहाँले अपनाउनुभएको "लोकतान्त्रिक समाजवाद" (Democratic Socialism) को सिद्धान्त आज पनि नेपाली राजनीतिमा उत्तिकै सान्दर्भिक मानिन्छ।
२. साहित्यिक योगदानको चर्चा
बीपी राजनीतिज्ञ मात्र नभएर नेपाली साहित्यका एक उत्कृष्ट आधुनिक कथाकार र उपन्यासकार पनि हुनुहुन्थ्यो। नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवाद (Psychological Realism) भित्र्याउने श्रेय उहाँलाई नै जान्छ। उहाँका 'तीन घुम्ती', 'नरेन्द्रदाइ', 'सुम्निमा', 'मोदिआइन', 'हिटलर र यहुदी' जस्ता उपन्यासहरू र प्रसिद्ध कथाहरू नेपाली साहित्यका अमूल्य सम्पत्ति हुन्। यो दिवसमा उहाँको साहित्यिक पाटोमाथि पनि व्यापक विमर्श गरिन्छ।
३. विविध रचनात्मक कार्यक्रमहरू
यस दिन विशेषगरी नेपाली कांग्रेस, यसका भ्रातृ संगठनहरू (जस्तै: नेपाल विद्यार्थी संघ, तरुण दल) र विभिन्न साहित्यिक संस्थाहरूले देशभरि विविध कार्यक्रमहरू आयोजना गर्छन्। जस्तै:
बीपीको शालिकमा माल्यार्पण र विचार गोष्ठीहरू
वृक्षारोपण (Plantation) तथा रक्तदान कार्यक्रमहरू
बीपी साहित्य सम्मेलन र पुरस्कार वितरण
छोटकरीमा भन्नुपर्दा, यो दिवस नेपालमा लोकतन्त्र स्थापनाका लागि बीपीले गरेको संघर्ष, राष्ट्रियताप्रतिको उहाँको अडान (जस्तै: राष्ट्रिय मेलमिलापको नीति), र नेपाली वाङ्मयमा उहाँले पुर्याएको अतुलनीय योगदानलाई कदर गर्ने र उहाँका विचारहरूलाई आत्मसात गर्ने दिन हो।